काठमाण्डु- चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेको छ ।
आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उनले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएको थियो ।
उनले चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेको हो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया