नवनिर्मित संसद भवनमा पुगेर सभामुखले भने- तपाईंहरुले हामीलाई नटेरेको हो ?

नवनिर्मित संसद भवनमा पुगेर सभामुखले भने- तपाईंहरुले हामीलाई नटेरेको हो ?

हरेक दिन १ करोड जरिवाना तिराउने चेतावनी


काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले नवनिर्मित संसद भवनको अवलोकन गरेका छन् ।

सोमबार संसद् सचिवालयका कर्मचारीहरूसहित सभामुख अर्यालले सिंहदरबारमा बन्दै गरेको संसद भवनको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा सभामुखले सहरी विकास मन्त्री र सचिवलाई बोलाएर हल तयार गर्ने यकिन मिति भन्न निर्देशन दिएका थिए ।

उनले भने तपाईंहरुले बहाना बनाइरहनुहुन्छ। हामीलाई नटेरेको होला । यो त राष्ट्रकै अपमान हो । अब मलाई निष्कर्ष चाहियो ।

नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए । गत जेठ १५ गते यही हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी रहे पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।