२७११ अंकमा झर्‍यो सेयर बजार, साढे ४ अर्बको कारोबार

२७११ अंकमा झर्‍यो सेयर बजार, साढे ४ अर्बको कारोबार


काठमाण्डु– साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेर बन्द भएको छ ।

आज नेप्से १२ अंकले घटेर परिसुचक २७११ मा झरेको छ । यसदिन कारोबार रकम सामान्य बढेको छ । अघिल्लो कारोबारमा ४ अर्ब ३४ करोडको कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोडको कारोबार भयो ।

कारोबारमा आएका ७३ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन आँखुखोला हाइड्रो, एनबीबीएल डिबेन्चर, लक्ष्मी सनराइज अगाडि रहे ।

यसदिन सोपान फार्मास्यूटिकल्स लिमिटेड र एपोलो हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्यो भने ग्रीन डेव्लपमेन्ट र रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटे ।

यसदिन उत्पादन प्रसोधन (०.११ प्रतिशत) बाहेक अरु सबै सूचक घटेका छन् । सबैभन्दा धेरै घट्नेमा ब्यापार, अन्य र वित्त सूचक (१ प्रतिशत) रहेका छन् ।