रोजगार मेलामार्फत १६४ लाई रोजगारी

रोजगार मेलामार्फत १६४ लाई रोजगारी


झापा- सुरुङ्गा स्थित आयोजना भएको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ युवाले रोजगारी प्राप्त गरेका छन् । ।

काम गर्न इच्छुक एक हजार ७६ आवेदकले निवेदन दर्ता गराएकामध्ये पहिलो चरणमै १६४ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने उक्त मेला रोजगारदाता र बेरोजगार व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिए।

मेलामा विभिन्न क्षेत्रका २५ रोजगारदाता संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।

बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सुरु भएको मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए।