काठमाण्डौं– नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले बजेटमा वृद्धभत्ता नबढाइएको आलोचना गरेकी छन् ।
सोमबार बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले कर्मचारीको तलब बढेको तर वृद्धवृद्धको तलब नबढेकोमा प्रश्न गरेकी हुन् ।
‘कर्मचारीको तलब बढेको छ । तर, वृद्धवृद्धको तलब बढेन । सय रूपैयाँ बढाएको भए पनि ऋण गरेर कति बढाओस् भन्ने हुन्थ्यो बुबा आमाहरूलाई,’ उनले भनिन्, ‘वृद्धहरूले बिगारेको भनेर नवयुवाहरूले बुढाहरूको कुरा बुझ्ने कुरै भएन । अझै स्वेच्छाले भत्ता त्याग्ने भन्ने नीति ल्याएको छ ।’
उनले मन्त्रीहरूलाई आफूले पाउने भत्ता त्याग्न सक्नछन् कि सक्दैनन् भनेर समेत प्रश्न गरेकी थिइन् ।
‘वर्षको एक करोडभन्दा बढि कमाइ हुने मन्त्रीहरूले भत्ता त्याग्न सक्नुहुन्छ ?’, उनले प्रश्न गरिन्।
यस्तै, गाउँघरमा वृद्ध बाआमालाई भत्ताको लोभ गर्ने बुढाबुढी भनेर व्यङ्ग्य गर्न थालिएको उनको भनाइ छ।
‘वृद्धभत्ता र उपचार खर्च सुरू गर्ने एमाले हो । उसले गरेको काम किन गर्नु भनेर वृद्धभक्ता नबढाइएको घामजस्तै छर्लङ्ग छ । वृद्धवृद्धाको सराप लागोस् त भन्दिनँ म, तपाईंहरू कहिल्यै बुढो हुन नपरोस्,’ सांसद श्रेष्ठले भनिन् ।




प्रतिक्रिया