गण्डकी प्रदेश सभामा ३२ अर्ब ९९ करोडको बजेट प्रस्तुत

गण्डकी प्रदेश सभामा ३२ अर्ब ९९ करोडको बजेट प्रस्तुत


पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३/८४ का लागि कूल ३२ अर्ब ९९ करोड करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

बजेट चालुतर्फ कूल विनियोजनको ३८ दशमलव ५६ र पुँजीगततर्फ ६० दशमलव ६८ प्रतिशत हो । उनका अनुसार वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिलामन्त्री शेरचनले बजेट वक्तव्यमा आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हने वित्तीय समानीकरणबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री शेरचनले जानकारी दिए । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् २ अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ । यसरी न्यून हुने रकम १ अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने जनाइएको छ ।