रास्वपा कर्णाली प्रदेश सभापतिमा खड्का निर्वाचित

रास्वपा कर्णाली प्रदेश सभापतिमा खड्का निर्वाचित


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन्। पहिलो प्रदेश अधिवेशनबाट खड्का सभापतिमा विजयी भएका हुन्।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वनचन भएको थियो।

कुल ५७८ मतदाता रहेकामा ४०० मत खसेको थियो। खड्काले २८८ मत पाएर सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका उम्मेदवार उम्मेदवारहरू स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत मात्र प्राप्त गरे ।

सभापतिमा निर्वाचित खड्का संस्थापक सभापित समेत हुन्। उनले रास्वपा स्थापनकालदेखि नै कर्णाली प्रदेशको जिम्मेवारीसँगै जिल्लादेखि वडास्तरसम्म संगठन विस्तार गर्दै आएका थिए।

यस्तै प्रदेश सदस्यहरुमा (क्षेत्रगत)तर्फ तुलाराज शाही (कालीकोट), लक्ष्मीकुमारी भट्टराई (दैलेख), कृष्णबहादुर खड्का (दैलेख), राजेन्द्रप्रसाद शर्मा (सुर्खेत) आकाश थापा (सुर्खेत), नवीन खड्का (जाजरकोट) र संगम गौतम (रुकुमपश्चिम) विजय भएका छन् ।

कमल रावल (मुगु), ललितकुमार चन्द (सल्यान), बुधे बुढा (हुम्ला), सन्तोष बुढाथोकी (डोल्पा) र दानबहादुर बुढा (जुम्ला) निर्विरोध निर्विचत भएका छन्। आदीवासी जनजातितर्फ गौराकुमारी घर्ति मगर वियजी भएका छन् भने दलिततर्फ मोहन सुनार र टेकबहादुर चुनारा निर्विरोध निर्वाचित भएका छन्।

साथै महिलातर्फ निर्माला शाही, सरस्वती बुढा, सिलु थापा, खगिसरा बुढा र राधाकुमारी ढकाल विजयी भएका छन्।

यस्तै खसआर्यतर्फ राजबहादुर शाह, रामप्रसाद पाण्डे, धर्मराज थापा र यामराज पन्त प्रदेश सदस्यमा निर्वाचित भएका छन्।