काठमाण्डु – नेपाल राष्ट्र बैंकले पाँच सय दरका नयाँ नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट प्रचलनमा आएको जनाएको छ ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
नेपाली नोटको नम्बरिङ प्रणालीमा संकेतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरू झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन् ।
सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।
नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ ।
साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ ।
नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ ।






प्रतिक्रिया