प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?


काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ४९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।