महाधिवेशन तयारीका विषयमा सभापति लामिछानेले गरे मधेसका सांसदहरूसँग छलफल

महाधिवेशन तयारीका विषयमा सभापति लामिछानेले गरे मधेसका सांसदहरूसँग छलफल


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका विषयमा पार्टी सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

बुधबार बिहान रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । छलफलमा अधिवेशन सञ्चालन, संसदीय गतिविधि तथा समसामयिक राजनीतिक विषयमा विचार–विमर्श भएको बताइएको छ। मधेस प्रदेशका सांसदहरूले प्रदेश सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए।

सभापति लामिछानेले संसदलाई जनउत्तरदायी र प्रभावकारी बनाउन दलभित्र र प्रदेशस्तरमा समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

रास्वपाको महाधिवेशन असार ७,८ र ९ मा चितवनमा हुँदैछ ।