माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?

माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?


काठमाण्डु– माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुला भएको छ ।

कम्पनीले आजबाट १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यको २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

यसअघि कम्पनीले ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन तथा बाँडफाँट गरिसकेको छ।

त्यस्तै, ३४ हजार ४०० कित्ता सेयर कर्मचारीका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा असार ८ गतेसम्म र पर्याप्त आवेदन नपरे ढिलोमा असार १७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।