खुकुरी देखाएर युवतीलाई यातना दिएको भिडियो भाइरल, लागुऔषधसहित युवक पक्राउ

खुकुरी देखाएर युवतीलाई यातना दिएको भिडियो भाइरल, लागुऔषधसहित युवक पक्राउ


काठमाण्डु– खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् ।

म‌गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् ।

तीन महिनाअघि खिचिएको भिडियो मंगलबार २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो ।

उनीहरुबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो ।

उनीहरुबीच सुरुमा सामान्य चिनजान भएको थियो । घटना तीन महिना अघिको भए पनि मङ्गलबारमात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागुऔषध दुव्र्यसनीविरुद्ध अनुसन्धान गर्ने जनाएको छ ।