श्रम संस्कृति पार्टीका सांसद्ले बेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

श्रम संस्कृति पार्टीका सांसद्ले बेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाण्डु– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेका हुन् ।

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आएका थिए ।

सभामुख अर्यालले पटकपटक आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई आग्रह गरेका थिए ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।