आजपनि घट्यो सुनचाँदीको भाउ

आजपनि घट्यो सुनचाँदीको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ९७ हजार ३ सय कायम भएको थियो।

यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ दुई दिन लगातार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।