प्रधानमन्त्री कार्यालयले संवैधानिक पदाधिकारीसँग बयान लिएको विषयमा सदनमा प्रश्न

प्रधानमन्त्री कार्यालयले संवैधानिक पदाधिकारीसँग बयान लिएको विषयमा सदनमा प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङ र नेकपाका सांसद रमेश कुमार मल्लले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर बयान लिने र  धम्क्याउने काम गलत भएको बताएका छन्।  

उनीहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिँदै कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन् ।

यस्तै, प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे जवाफ मागे गरेका छन्। 

त्यस्तै, एमालेका सांसद पोखरेलले नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको आरोप लगाए । जसले तीन करोड जनतालाई हेपिएको र राष्ट्रघात भएको अनुभव गरेको उनको भनाइ छ।