जब दुई मन्त्रीले संसदको मर्यादा उल्लंघन गरे…

जब दुई मन्त्रीले संसदको मर्यादा उल्लंघन गरे…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारका दुई मन्त्री सभामुखतर्फ पिठ्युँ फर्काएर हिंडेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमात्ति जनाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद् रमेशकुमार मल्ल बोलिरहँदा परराष्ट्रमन्त्री शिशिर खनाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सभामुख र मल्लको बीचबाट हिंडेका थिए ।

महरले संसदको गरिमा र मर्यादा कायम गर्नु प्रतिनिधिसभाका सबै सदस्यको कर्तव्य भएको स्मरण गराउँदै त्यसमा अरुको भन्दा सत्तापक्षको थप भूमिका हुने उल्लेख गरे ।

मन्त्रीहरुले नियमावली र बैठकको मर्यादा उल्लंघन गरेको विषयमा आपत्ति र निन्दा प्रकट गर्दै उनले रुलिङ गर्न सभामुख डोलप्रसाद अर्याल (डिपी) सँग माग गरे ।

प्रतिनिसधिभा नियमावलीको नियम २० को (६) मा सभामुखको आशन तथा बोलिरहेको सदस्यको बीचबाट हिंड्न नहुने व्यवस्था छ ।


‘यस गरिमामय सदनको गरिमा र मर्यादा कायम गर्नु हामी सबै सदस्यको जिम्मेवारी हो । सरकारको त सबैभन्दा बढी जिम्मेवारी हो । प्रतिनिसधिभा नियमावलीको नियम २० को (६) मा सभामुखको आशन तथा बोलिरहेको सदस्यको बीचबाट हिंड्न नहुने भन्ने व्यवस्था गरिको छ’, महरले भने, ‘तर, बिडम्बना, दुःखको कुरा के छ भने सरकारका मन्त्रीहरु सबैभन्दा बढी यो नियम उल्लंघन गरिरहनुभएको छ । मर्यादा उल्लंघल गरिरहनुभएको छ । भर्खरै मानीय सदस्य रमेश मल्लले बोलिरहेको बेलामा सभमुाखज्यू र उहाँको बीचमाट दुई जना मन्त्रीज्यूहरु हिंड्नुभएको छ । उहाँ बोलिरेहको देख्दा देख्दै मन्त्रीज्यूहरु सरासर हिंडिरहनुभएको छ । यो नियम २० को (६) अनुसार गर्न नहुने काम गर्नुभएको छ ।

यसको म घोर आपत्ति, दिन्दा र दुःख व्यक्त गर्न चाहन्छु । सभामुखबाट रुलिङ् होस् भन्ने आग्रह गर्न चाहन्छु ।’