श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलका क्रममा रक्षा मन्त्रीलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेका छन्।
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले आफैं सम्हालिरहेका छन्। तर बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह अनुपस्थित रहेका थिए।
बैठकमा बोल्दै साम्पाङले रक्षा मन्त्रालयसम्बन्धी छलफल हुने कार्यसूची रहेकाले सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने बताएका हुन्। उनले सभामुख डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै रक्षा मन्त्रीलाई बैठकमा बोलाउन आग्रह गरे।
साम्पाङले प्रधानमन्त्री शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने आफ्नो पार्टीको माग यथावत रहेको पनि बताए।




प्रतिक्रिया