नवप्रवर्तन, सूचना प्रविधि तथा विज्ञानमन्त्री महावीर पुनले आइटी र एआईसम्बन्धी जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मातहतमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् । मन्त्री बनेपछि संसदमा पहिलो पटक बोल्दै उनले प्रविधि क्षेत्र सबैको साझा जिम्मेवारी भएको पनि बताएका छन् ।
‘प्रधानमन्त्रीले आइटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो। अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ। उहाँले यो मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो,’ मन्त्री पुनले भने ।
उनका अनुसार सरकारको प्रमुख लक्ष्य एआई र सूचना प्रविधिको अधिकतम उपयोग गर्दै देशलाई अघि बढाउनु हो । उनले नवप्रवर्तनका क्षेत्रमा सरकारले सामूहिक रूपमा काम गर्ने र आफूले पनि त्यसमा मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया