काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छापा मारेर ठेक्कासँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको हो । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले घटनाको पुष्टि गर्दै अख्तियारले ठेक्कासँग सम्बन्धित कागजपत्रको प्रतिलिपी लिएर गएको बताए ।
पालिकाको वडा नम्बर–५ स्थित बेनीघाटमा नमुना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खनन्का लागि ठेक्का पाएको थियो ।
अख्तियारको टोलीले अनुमति पाएको भन्दा फरक स्थानमा उत्खनन् र घाटगद्दी गरेको पाएपछि कागजपत्र नियन्त्रण लिएर छानबिनरअनुसन्धान अघि बढाएको बुझिएको छ ।




प्रतिक्रिया