जिल्ला प्रशासन कार्यालयले मकवानपुर जिल्लाका ४० वटा औषधि पसल बन्द गरिदिएको छ ।
नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन् ।
औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले जानकारी दिए ।




प्रतिक्रिया