नेप्सेको ओरालो यात्रा जारी

नेप्सेको ओरालो यात्रा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले साताको तेश्रो कारोबार दिन बिहीबार पनि निरन्तरता पायो ।
नेप्से ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि कमी आएको छ । बुधबार ३ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार उक्त रकम घटेर ३ अर्ब ४१ करोडमा झर्यो ।

३ सय ४७ धितोपत्रको ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा ७७ कम्पनीको सेयर मूल्य बढे । १ सय ८१ कम्पनीको मूल्य घट्दा १४ कम्पनी स्थिर रहे ।

एपोलो हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले सर्वाधिक बढ्यो । यस्तै सोपान फर्मास्युटिकल्सको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९२९ रूपैयाँ ७० पैसा कायम भयो ।

प्रभु बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५.५४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७५ रूपैयाँमा आएको छ ।

सर्वाधिक कारोबार हुनेमा आँखुखोला जलविद्युत कम्पनी अगाडि रह्यो ।

कम्पनीको प्रतिकित्ता ३ सय ८१ रूपैयाँ मूल्यमा ३१ करोड ९८ लाख रूपैयाँको कारोबार भयो ।

दोश्रोमा युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भयो ।

बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढ्दा ८ समूहको परिसूचक घटे ।