काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलविद्युत क्षेत्रका माफियाहरुले आफूलाई फसाउने प्रयास गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले त्यस्ता तत्वहरु नातागोता र साथीहरुमार्फत आउने गरेको खुलासा गरे ।
सुशासनका लागि त्यस्तो प्रवृत्ति घातक रहेको श्रेष्ठको भनाइ थियो । सुशासनको पक्षमा वकालत गर्नेहरुले पनि सुशासन पनि हुनुपर्ने र आफ्ना मान्छेसँग जलविद्युत उत्पादनको अनुमतिपत्र (लाइसेन्स) पनि हुनुपर्ने विपरीत सोचाई राख्ने गरेको बताए ।
‘एकै जनाले ३०/३५ वटासम्म झोलामा लाइसेन्स हालेर हिंड्दा रहेछन् । फेरि यस्ता तत्वहरु नतागोता, साथीभाई जोडेर पनि आउँदा रहेछन्, फसाइदिन’, उनले भने, ‘सुशासन सबैलाई चाहिएको छ । तर, आफ्नो मान्छेको लाइसेन्स चाहिं बच्नुपर्यो भनेको छ । यसरी त कहाँ सुशासन हुन्छ ?’
श्रेष्ठले सुशासनको एजेण्डामा सत्ता र प्रतिपक्ष विभाजित हुन नहुने भन्दै सरकारलाई सबैको सहयोग चाहिने बताए ।




प्रतिक्रिया