काठमाण्डु – पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका २ बालक डेढ घण्टामै पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो करीब १:२० बजे डाका तथा चोरी मुद्दामा बाल सुधार गृहमा रहेका सर्लाहीको मलंगवा नगरपालिका–३ बस्ने वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाई फरार भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली परिचालन गरी खोजतलास गर्ने क्रममा दिउँसो करीब ३:३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकबाट दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया