काठमाण्डु – फिफा विश्वकपमा ब्राजिलले हाइटीविरुद्ध शानदार प्रदर्शन गरेको छ ।
शनिबार बिहान भएको समूह सीको खेलमा हाइटीविरुद्ध ब्राजिलले ३–० को गोलको अन्तरले जित निकालेको हो।
खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका थिए। यसैगरी, खेलको ३६औँ र २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले दोस्रो र पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७–१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका थिए।




प्रतिक्रिया