काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प बारे भिडियोसहित प्रचार गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा मकालु बेस क्याम्प ट्रेकबारे उनले जानकारीसहित भिडियो पोस्ट गरेका छन् ।
यसअघि अघिल्लो शनिबार प्रधानमन्त्री शाहले अपी हिमाल बेस क्याम्पको भिडियो शेयर गरेका थिए । प्रधानमन्त्री शाहले भिडियोसहित मकालु बेस क्याम्प यात्राका लागि सबै विवरण समावेश गरेका छन् ।
भिडियोमा ट्रेकिङ मार्ग, प्राकृतिक सौन्दर्य र यात्रा अनुभव समेटिएको छ । उनले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको १७ दिनको यात्राबारे विस्तृत तालिका पनि दिएका हुन् ।
उक्त क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनका दृष्टिले नेपालको महत्वपूर्ण पर्यटकीय सम्पत्ति भएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
४ हजार ८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पमा मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम दृश्यहरू प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया