नयाँदिल्ली – भारतले सन् २०२६, २२–२३ जुनमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको आयोजना गर्ने भएको छ ।
बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने विदेश मन्त्रालय (एमईए) ले शनिबार जनाएको छ ।
बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार/ब्रिक्स सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले वर्तमान विश्वले सामना गर्ने परम्परागत सुरक्षा चुनौतीहरूका विषयमा विचार आदानप्रदान गर्ने जनाइएको छ ।
उनीहरूले राष्ट्रिय सुरक्षा चुनौतिहरूको द्रूत रूपमा विकसित प्रकृतिका साथै उदाउँदो सुरक्षा खतराहरूमा नयाँ प्रविधिको भूमिका बारेमा पनि छलफल गर्ने उल्ल्ेख गरिएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले आतंकवादको प्रतिरोध र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा सुरक्षा सम्बन्धी हालै सम्पन्न ब्रिक्स संयुक्त कार्य समूहको परिणामको पनि समीक्षा गर्ने जनाइएको छ ।
भारतले यस अघि सन् २०१२ , २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गरेको थियो भने सन् २०२६ मा चौथो पटक ब्रिक्सको अध्यक्षता गरेको गर्ने जनाइएको छ ।
भारतको ब्रिक्स अध्यक्षता उद्धारता नवीनता, सहयोग र दिगोपनका लागि निर्माण“ विषयवस्तु द्वारा निर्देशित रहेको जनाइएको छ, भने यसले सन् २०२५ को रियो शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यक्त गरेको जन–केन्द्रित र मानवता लगायतका दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।
ब्रिक्सले विश्वका एघार प्रमुख उदीयमान बजार र विकासोन्मुख देशहरूलाई प्रथिनिभित्व गर्ने जनाइएको छ । जसमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस साउदी अरब, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स लगायतका राष्ट्रहरू समावेश छन् । यसले विश्वव्यापी तथा क्षेत्रीय महत्वका समकालीन मुद्दाहरू र विश्वव्यापी राजनीतिक र आर्थिक सवालहरूमा परामर्श र सहयोगका लागि उपयोगी मञ्चको रूपमा काम गर्ने जनाइएको छ ।
ब्रिक्स २०२६ का लागि आधिकारिक वेबसाइटमा ब्रिक्स एजेन्डा आपसी चासोका आर्थिक सवाल तथा प्रारम्भिक विषयमा उल्लेखनीय रूपमा विस्तार गरिएको छ । जसमा ३ मुख्य स्तम्भहरूमा राजनीति, सुरक्षा, अर्थव्यवस्था, सांस्कृतिक र जनता–जनता आदानप्रदानको वरिपरि संरचित रहेको जनाइएको छ ।
‘ब्रिक्स सहयोगले आतंकवाद विरुद्धको लडाइँ, जलवायु परिवर्तन, खाद्य र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय आर्थिक र वित्तीय अवस्था, दूरसञ्चार, कृषि, श्रम र रोजगार, अन्तर्राष्ट्रिय वित्तीय संरचना, व्यापार र विश्व व्यापार संगठन लगायतका विषयमा सक्रिय रहेको वेबसाइटमा जनाइएको छ । (रासस/एएनआई)




प्रतिक्रिया