रास्वपाको महाधिवेशन नसकिँदा दोस्रोपटक सारियो प्रतिनिधि सभा बैठक

रास्वपाको महाधिवेशन नसकिँदा दोस्रोपटक सारियो प्रतिनिधि सभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक दोस्रोपटक सारिएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक रास्वपाको महाधिवेशन नसकिँदा बैठक मिति सरेको हो।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

‘अधिकांश मन्त्री तथा सांसदहरू पार्टीको महाधिवेशनका लागि चितवनमै हुनुहुन्छ,’ उनले भने, ‘बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ।’

रास्वपा प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी छ। ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पदाधिकारीको निर्वाचन आज हुने जनाइएको छ।