सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सिंहदरबारमा बैठक सुरू भएता पनि अधिकांश मन्त्रीहरू भने रास्वपाको महाधिवेशनका लागि चितवनमा छन्। यसअघि भएको बैठकमा उनीहरूले भर्चुअल रूपमा उपस्थिति भएका थिए।