काठमाण्डु– साताको कारोबारको अन्तिम दिन (शुक्रबार) सेयर बजार सामान्य घटेर बन्द भएको छ । यसदिन नेप्से २ अंकले घटेर परिसुचक २६४९ बिन्दुमा झरेको छ ।
यसदिन कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८३ करोडको कारोबार भएकामा आज ३ अर्ब ९४ करोडको कारोबार भयो । कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ । यस्तै आज २० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यसदिन स्नो रिभर्स हाइड्रो, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो । यी कम्पनीहरु हालसालै नेप्सेमा सूचीकृत भएर कारोबारमा आएका हुन् । यस्तै कालिका लघुबित्त बित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यसदिन ग्लोवल आइएमइ डिवेञ्चर अगाडि रह्यो ।
यसदिन होटल पर्यटन, हाइड्रोपावर, म्युचल फण्ड, नन् लाईफ इन्सुरेन्स र व्यापार सेक्टर बाहेक अरु सकै सूचक राताम्मे भएका छन् ।




प्रतिक्रिया