प्रचण्डको घोषणा- एमालेसँग सडकदेखि सदनसम्मै सहकार्य गछौं

प्रचण्डको घोषणा- एमालेसँग सडकदेखि सदनसम्मै सहकार्य गछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरेका छन् ।

शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त घोषणा गरेका हुन् ।

वर्तमान राजनीतिक परिस्थितिमा एमालेसँगको सहकार्य अपरिहार्य भएको भन्दै उनले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यका लागि आवश्यक वातावरण तयार भइसकेको बताए ।

आगामी महाधिवेशनलाई संकेत गर्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनमा फेरि ‘क्रमभंग’ हुने बताए।

उनले यसलाई आफ्नो जीवनको अन्तिम क्रमभंगको संज्ञा दिँदै त्यसका लागि पार्टी पंक्तिलाई तयार रहन आग्रह गरे ।

सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि पनि कडा आलोचना गरेका थिए ।

‘सिमानामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार असुल्ने र गरिब सुकुम्बासीका बस्तीहरू भत्काएर रास्वपाले आफ्नो असली पहिचान देखाएको छ,’ उनले भने, ‘उनीहरू आफ्नै गलत हर्कतका कारण जनताको नजरमा गिर्दै गएका छन्, यसमा हाम्रो कुनै दोष छैन ।’

उनले वर्तमान सरकारलाई नवउदारवादी र फासिस्ट शैलीमा अघि बढेको आरोप लगाए।

रास्वपालाई गरिब, सुकुम्बासी, जनजाति तथा उत्पीडित समुदायविरुद्ध उभिएको दलको रूपमा चित्रण गरे।

साथै, रास्वपाले प्रदेश संरचना र संविधान नै खारेज गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यसविरुद्ध सशक्त राजनीतिक संघर्ष आवश्यक रहेको बताए ।