काठमाण्डु – उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ ।
अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो ।
फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो ।
२८ वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२आँै मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
खेलको २१औँ मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।
खेलको ५०औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४–१ को जित निकाल्यो ।
सेनेगलको सानदार जित
यस्तै सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ। यो जितसँगै समूह आईमा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ।
टोरन्टो रंगशालामा सम्पन्न उक्त खेलको चौथो मिनेटमै हबिब डियराले गोल प्रहार गर्दै सेनेगललाई अग्रता दिलाएका थिए।
तयसपछि ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याएका थिए। त्यसपछि खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले दुई वटा गोल गरे। त्यसपछि ८२ औं मिनेटमा इलिमान एनडिएले टिमका लागि पाँचौं गोल गरेका थिए।
सेनेगल विश्वकपमा एकै खेलमा ५ गोल प्रहार गर्ने पहिलो अफ्रिकी टिमसमेत बनेको छ। यस्तै, खेलको १३औं मिनेटमा इराकका रेबिन सुलाकाले रेड कार्ड पाएका थिए।




प्रतिक्रिया