भक्तपुर– भक्तपुरमा छोराले आमाको हत्या गरेका छन् ।
उदयपुरको कटारी घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराले हत्या गरेका हुन् ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियाको पाटन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका छोरा २४ वर्षीय किरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया