काठमाण्डौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिमा उमेर मात्र सबैथोक नहुने बताएका छन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले पार्टी नेतृत्व हस्तान्तरणको आवाज उठाउने युवा नेताहरुतर्फ लक्षित गर्दै उमेर सबैथोक नभएको बताएका हुन् ।
राप्रपामा २५ देखि ८० वर्षसम्मका सदस्यहरु संगठित रहेको र युवा र अनुभवीहरुको अत्यन्तै राम्रो संयोजन भएको पार्टी राप्रपा मात्र भएको जिकिर उनको थियो ।
लिङदेनले सबै युवा ३६ वर्षमा प्रधानमन्त्री बन्ने बालेन शाह र ८० वर्षमा शक्तिशाली अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प हुन नसक्ने तर्क गरे । उमेर मात्रै सबै कुरा होइन रहेछ । युवामात्रै सबै कुरा होइन रहेछ,’ उनले भने, ‘८० वर्षका सबै ट्रम्प हुँदैनन्, ३५÷३६ वर्षका सबै बालेन हुँदैनन् ।’
युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन गरी मिलाएर लैजान आफूबाट कुनै कमजोरी नहुने प्रतिबद्धता उनले जनाए ।




प्रतिक्रिया