पेस्तोल र गोलीसहित २ युवक पक्राउ

पेस्तोल र गोलीसहित २ युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित होटलबाट २ जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोेलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो ।

होटलमा शनिबार दिउँसो खाना खान आएका २ जना युवकसँग हतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाका साथबाट १ थान पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका ३ वटा गोली बरामद भएको प्रहरी निरीक्षक यादवले बताए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।