विश्वकप फुटबल : इङ्गल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा

विश्वकप फुटबल : इङ्गल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया बन्यो समूह विजेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी फिफा विश्वकप फुटबल २०२६मा इङ्गल्यान्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा इङ्गल्यान्डले पानामालाई २–० गोल अन्तरले पराजित गर्‍यो ।

इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ ।

यस्तै क्रोएसियाका लागि पेटार सुचिचले ३१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ७३औँ मिनेटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए । त्यसपछि ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्त्वपूर्ण जित दिलाए ।

पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ नकआउट चरणमा प्रवेश गरेको छ । यस नतिजासँगै स्कटल्यान्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ ।

यो जितसँगै समूह एलमा क्रोएसियाले एक हार र दुई जित खेल्दै ६ अंक जोडेर उपविजेता बनेको छ। यो समूहमा एक हार, एक जित र एक बराबरी खेलेर घानाले ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। ४ अंक जोडेकाले उत्कृष्ट तेस्रो मध्येको एक टोली बनेर घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ।

पोर्चुगल र कोलम्बिया पनि नकआउट चरणमा

यता, कोलम्बिया फिफा विश्वकपमा समूह विजेता बनेको छ ।

पोर्चुगललाई गोलरहित बराबरीमा रोकेर कोलम्बिया समूह केको विजेता बनेको हो । समूह चरणका सबै खेल सकिँदा कोलम्बियाको ७ अंक छ । कोलम्बिया समूह चरणमा दुई खेलमा विजयी एकमा बराबरी खेल्यो ।

कोलम्बियासँग बराबरीमा रोकिँदा पोर्चुगल उपविजेतामा सीमित भयो । एकमा विजयी र दुईमा बराबरी खेलको पोर्चुगलको अंक ५ भएको छ ।

दुवै टोली यसअघि नै राउन्ड अफ ३२ मा प्रवेश गनृ सफल भएको छ ।