विश्वकप फुटबल : समूह चरणको खेल पूरा, यस्तो बन्यो राउन्ड अफ ३२को समीकरण

विश्वकप फुटबल : समूह चरणको खेल पूरा, यस्तो बन्यो राउन्ड अफ ३२को समीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वकप फुटबल २०२६ को जारी खेलहरूमा समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणको खेलहरू सकिँदा प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका सबै खेल सकिएपछि नकआउट चरणको तालिका पनि निश्चित बनेको छ।

राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले आइतबार खेल्नेछन्। सोमबार तीन खेल रहेका छन् र त्यसमा ब्राजिलले जापान, जर्मनीले पाराग्वे तथा नेदरल्यान्ड्सले मोरक्कोको सामना गर्नेछन् ।

मंगलबारका तीन खेलमा आइभरीकोस्ट र नर्वे, फ्रान्स र स्विडेन तथा मेक्सिको र इक्वडेर भिड्ने छन् । बुधबार अमेरिका र बोस्निया एन्ड हर्जगोभिना, बेल्जियम र सेनेगेल तथा इंग्ल्यान्ड र डीआर कंगोले एक आपसको सामना गर्नेछन् ।

बिहीबार स्पेन र अस्ट्रिया, फोर्चुगल र क्रोएसिया, स्विटजरल्यान्ड र अल्जेरियाबीचको खेल हुनेछन् । यस्तै शुत्रबार अस्ट्रेलिया र इजिप्ट, अर्जेन्टिना र केप भार्डे र कोलम्बिया र घाना मैदानमा उत्रनेछन् ।

यस्तो बन्यो राउन्ड अफ ३२ को तालिका

दक्षिण अफ्रिका-क्यानडा : जुन २९

ब्राजिल–जापान : जुन २९

जर्मनी–पराग्वे : जुन ३०

नेदरल्यान्ड्स–मोरक्को : जुन ३०

आइभरि कोस्ट–नर्वे : जुन ३०

फ्रान्स–स्विडेन : जुलाई १

मेक्सिको–इक्वेडर : जुलाई १

इङ्ल्यान्ड–डिआर कंगो : जुलाई १

बेल्जियम–सेनेगल : जुलाई २

अमेरिका–बोस्निया एन्ड हर्जगोभिना : जुलाई २

स्पेन–अस्ट्रिया : जुलाई ३

पोर्चुगल–क्रोएसिया : जुलाई ३

स्विट्जरल्यान्ड–अल्जेरिया : जुलाई ३

अस्ट्रेलिया–इजिप्ट : जुलाई ३

अर्जेन्टिना–केप भर्डे : जुलाई ४

कम्बोडिया–घाना : जुलाई ४