केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि…

केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभाको बैठकमा सभामुखलाई “कर्मचारी महोदय” भनेर सम्बोधन गरेपछि सांसद केपी खनालको माइक काटिएको छ।

बैठकमा बोल्ने क्रममा खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि सभामुखले उनको माइक काटिदिएका हुन्।

सांसद खनालले कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषय उठान गरेका थिए ।

लम्कीचुवा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय भए पनि स्थानीय सरकार र प्रदेश सरकारको विवादका कारण काम अघि नबढेको भन्दै नेपाली कांग्रेसलाई ध्यानाकर्षण गराएका थिए ।

‘साँढेको जुधाइमा बाच्छाको मिचाई भनेझैं लम्कीचुवा अस्पताल नगरपालिका र प्रदेशको आन्तरिक जुँगाको लडाइँले बन्धक बनेको छ,’ उनले भने, ‘काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन, प्रादेशिक अस्पताल बन्नुपर्छ भनिएको छ तर बन्दैन । अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ ।’

संसद्‌मा नियमावली अनुसार सभामुखलाई ‘सम्माननीय सभामुख महोदय’ भन्नुपर्ने व्यवस्था छ ।