आगामी तीन दिन यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

आगामी तीन दिन यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आगामी तीन दिन कोशीसहित ४ प्रदेशमा भारी देखि अति भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो सूचना जारी गर्दै महाशाखाले आज भोलि र पर्सि कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

आईतबारः कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै सोमबारः कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबारः कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

आज झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।