प्रधानमन्त्री बालेन्द्रलाई एमालेको चुनौतीः नेपालले भारतको जमिन कहाँ–कहाँ मिचेको छ, देखाइदिनुस्

प्रधानमन्त्री बालेन्द्रलाई एमालेको चुनौतीः नेपालले भारतको जमिन कहाँ–कहाँ मिचेको छ, देखाइदिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले नेपालले भारतको जमिन कुनकुन ठाउँमा मिचेको हो भन्ने विवरण पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई चुनौती दिएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद डा. पुष्प कँडेलले नेपालले जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको र त्यसले गम्भीर संकेत गर्ने बताए ।

सम्बन्धित पक्षले समेत नगरेको दाबी प्रधानमन्त्रीबाट आउनु दुःखद भन्दै उनले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग राखे । अन्यथा उक्त अभिव्यक्ति नेपालविरुद्धको प्रमाण हुन सक्ने तर्क उनको थियो ।


‘सबै प्रतिपक्षीहरुले नेपालले कुन–कुन ठाउँमा भारतको भूमि मिचेको रहेछ देखाइदिनुपर्यो, होइन भने माफी माग्नुपर्यो, संसदको रेकर्डबाट उहाँको विवादास्पद अभिव्यक्ति हटाउनुपर्यो भनिरहेका छन्’, कँडेलले भने, ‘ कहीं नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै देशको प्रधानमन्त्रीले सम्बन्धित पक्षले समेत नभनेको र हालसम्म कतै नउठेको ‘नेपालले भारतको भूमि मिचेको छ’ भनेर संसदमा बोल्ने कुराले गम्भीर षड्यन्त्रको संकेत गर्दछ । म आज यो माग मुनः दोहोयाउन चाहन्छु र भन्न चाहँछु यस्तो राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नुपर्छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति दुई पक्षबीच वार्ता हुँदा नेपालविरुद्धको प्रमाण हुन सक्ने भएकाले आफूहरुले लगातार त्यसलाई संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आएको डा. कँडेलले बताए ।


‘प्रधानमन्त्रीको यो भनाइ नेपालका विरुद्धको प्रमाण हुन सक्छ । त्यसैले उहाँ संसलमा आउनुपर्छ र सो सम्बन्धमा प्रष्टीकरण दिनुपर्छ । साथै संसदको अभिलेखबाट हउाँको विवादास्पद अभिव्यक्ति हटाइनुपर्छ’, उनले भने ।