पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्ला : अर्थमन्त्री वाग्ले

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्ला : अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्।

अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे।

उनले भने, ‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफैँ अर्थमन्त्री भएको दुई हप्ता भित्रै यही दफा १८ लाई टेकेर डिजेल, पेट्रोल, मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ। अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब टाईम ल्याक त हुन्छ। क्रुड प्राईस त घटि नै सक्यो । तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीले जुन आयात गर्ने गरेका छौँ। त्यो एकजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला।’