एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन: केपी ओली

एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन: केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाण्डुमा आयोजित गोष्ठी लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’

उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे ।

उनले भने ‘कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर । यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो’, उनले भने, ‘सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’