काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ ४ हजार ७ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेर ४३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया