काठमाण्डु– झण्डै ८ सय किलो गाँजासहित धनकुटाबाट एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलो गाँजासहित पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका बस्ने ३३ वर्षीय परिक्षण कुँवर पक्राउ परेका हुन् ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनि ट्रकबाट उक्त लागूऔषध फेला परेको हो ।
ट्रक लाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया