कार्यसम्पादनमा कमजोर तीन मन्त्री फेर्ने तयारी

कार्यसम्पादनमा कमजोर तीन मन्त्री फेर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार गठन गरेको सय दिन पुग्नै लाग्दै कार्य सम्पादन कमजोर भएका मन्त्री हटाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

तर यसबारे प्रधानमन्त्री बालेन्द्र साह र सभापति लामिछानेबीच छलफल भने भएको छैन ।स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर तीन मन्त्री हटाइँदै छ ।

स्रोतका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागिरक, उद्योग, बाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री हेरफेर गर्ने तयारी छ ।

उद्योगमन्त्री गौरी कुमारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई हटाउने तयारीमा प्रधानमन्त्री छन् ।

श्रोतले बताएअनुसार रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली र सांसद् समीक्षा बाँसकोटा मन्त्री बन्ने पक्कापक्कीजस्तै छ ।

विवेकशील साझा पार्टीबाट गत २१ फागुनको निर्वाचनअघि रास्वपामा समायोजन भएकी बाँसकोटा प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको सभापति छिन् ।

‘गौरी कुमारीलाई पदमुक्त गरेर गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने तयारी छ,’ स्रोतले भन्यो, ‘महिला बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री सीता वादीलाई हटाएर समीक्षा बाँस्कोटा बनाउने छलफल भइरहेको छ ।’

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीमा कसलाई ल्याउने भन्नेबारे भने टुंगो लागेको छैन ।

‘सरकारको नेतृत्व सम्हालेको १ सय दिन पुग्दा पनि राम्रो कार्यसम्पादन गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन लागिएको हो’, स्रोतले भन्यो ।