काठमाण्डु– पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई म्याद थपका लागि सोमबार दिउँसो विशेष अदालतमा उपस्थित गराइएको हो ।
पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई रातारात असार ९ गते काठमाण्डु ल्याइएको थियो ।
यसअघि असार ९ गते पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो । पौडेलकी श्रीमती दोमाया पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।




प्रतिक्रिया