नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश

नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फिफा विश्वकप २०२६ अन्तिम १६ मा मोरक्को पनि प्रवेश गरेको छ। नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा २–३ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछी खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा गएको हो। कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए भने  इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए ।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे । यता नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गरे । मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ।