काठमाण्डु– मध्यपूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ ।
श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ ।
अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलंकामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ ।
गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो ।
द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलंकामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए ।
श्रीलंकाले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था रहेकाले मध्य पूर्वमा जारी लामो द्वन्द्वले कमजोर आर्थिक अवस्थालाई प्रभावित पार्न सक्ने चेतावनी दिइएको थियो ।




प्रतिक्रिया