बैठक नै नबसी सर्‍यो कोशी प्रदेशसभा बैठक

बैठक नै नबसी सर्‍यो कोशी प्रदेशसभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोशी प्रदेश सभाको बैठक बस्दै नबसी दुई पटक सरेको छ।

आज दिउँसो एक बजे बस्ने भनिएको कोशी प्रदेशसभाको बैठक समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशसभाको नवौं अधिवेशनको १६ औं बैठक असार ११ र १६ गते तोकिएको थियो। तर लगातार तोकिएको समयमा बैठक बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताए।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ः०० बजे बस्ने समय निर्धारण गरेका छन् ।