ओलीले भने- पार्टी एकताको सम्भावना छैन

ओलीले भने- पार्टी एकताको सम्भावना छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

तत्काल पार्टी एकताको सम्भावना नभएको तर, लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरूरी रहेको बताए ।

‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता छ,’ ओलीले भने, ‘पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं ।’

ओलीले पार्टी एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच पहिले पार्टी एकता गर्दा देखिएको बताए ।

यस्तै, ओलीले शत्रुहरुले आक्रमण गरिरहेको बेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाव दिए ।