पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कारण फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको बताएका छन् ।
ओलीले सरकारी हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा पुगेको उल्लेख गर्दै खेलकुद क्षेत्रलाई आधार तहदेखि नै सुधार गर्नुपर्ने बताएका हुन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेतृत्व परिवर्तनले मात्र खेलकुद क्षेत्रका समस्या समाधान नहुने भन्दै संरचनागत सुधारमा जोड दिए।
‘सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ। टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन,’ उनले भने, ‘यसलाई जरैदेखि परिवर्तन गर्नुपर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ। अनि मात्रै परिवर्तन हुन्छ।’
प्रधानमन्त्री ओलीले खेलाडी तथा खेलकर्मीलाई मनोबल उच्च राख्न आग्रह गर्दै एन्फालाई प्रतिबन्धको जोखिमबाट बाहिर निकालेर अन्तर्राष्ट्रिय फुटबलमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा अन्य मुलुकका खेलाडीसरह सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। खेलाडीहरूको उपलब्धिले नेपालको प्रतिष्ठा विश्वमाझ उँचो बनाउने समेत उल्लेख गरे।
खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि महासंघले संस्थागत सुधार, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।




प्रतिक्रिया